नवलपुर साउन २२,
विश्वव्यापि रुपमा कोभिड १९ अर्थात कोभिड १९को संक्रमण बढीरहेको र सो महामारीबाट मृत्यु हुनेको सँख्यामा पनि वृद्धि भइरहेको बेलामा नवलपुर जिल्ला (नवलपरासी सुस्ता बर्दघाटपूर्व) रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा सञ्चालित क्वारेन्टाइनमा रहेका संक्रमित प्राय सबै निको भएका छन् । महिनादिनसम्म अन्य उपचार केन्द्रमा रहँदा पनि पोजेटिभबाट नेगेटिभ हुन नसकेको संक्रमितलाइ पनि सो चिकित्सालयले दिने नियमित प्राकृतिक चिकित्साका उपचार दिँदा साताव्यापीमानै ठिक भएको सो अस्पतालका निर्देशक डा. विनोद पौडेलले बताउनु भएको छ ।
हाइजिनिक खानपान एवं सद्भावपूर्ण वातावरणबाट सो अस्पतालको क्वारेन्टाइनमा रहेका संक्रमितलाई योगध्यान, जलनेती, वास्प उपचार, खेलकुद् आदि क्रियाकलाप गराइने भएकोले संक्रमितलाई रोगसँग लड्ने प्रतिरोधशक्ति एवं हिम्मत बढ्ने हुनाले यस प्रकारको परिणाम मिलेको डा. विनोद बताउनु हुन्छ । ७५ वर्षका दम्पति र ११ वर्ष तलको बच्चालाई समेत आफ्नो उपचारले पूर्णरुपमा कोभिड मुक्त गराउन सकेको उहाँको भनाइ रहेको छ ।
हालसम्म ३सय १८ जना संक्रमितसो क्वारेन्टाइनमा भर्ना भएकोमा २सय ९७ जनालाई कोभिड नेगेटिभ भइ घर पठाइसकिएको र अन्यमा पनि कुनै समस्या नदेखिएको बताइएको छ । आउँदा ज्वरो, रुघाखोँकी आदि लक्षण भए पनि दुईचार दिनमै सो अस्पतालले दिने प्राकृतिक खानपान, जलनेती, वास्प उपचार, नूनपानीबाट कुल्ला लगायतका प्राकृतिक चिकित्सा र केही जडीबुटीजन्य पेयको प्रयोगले सुधार आइहाल्ने डा. पौडेलको दावी रहेको छ ।
त्यस्तै डा. . पौडेलका अनुसार संक्रमितलाइ मानसिक रुपमा म रोगी हुँ भन्ने भावना हुनै दिइएको छैन । कोदो, फापर, उमारेको गेडागुडी, पोलिस नगरेको चामललगायतका नितान्त साकाहारी र स्वस्थकर खाना खुवाइएको छ । अस्पतालमा रहँदाको समयको लागिमात्रै नभएर घर गएपछि पनि कसरी स्वस्थकर खाना खाने, स्वस्थकर खाना के हो आदिको बारेमा केही जानकारी गराएर पठाउने गरिएको छ । संक्रमितलाई नूनपानीले कुल्ला गराउनाले नाकमुखमा भएको भाइरस मर्ने र अरुलाई सर्न नपाउने कारणले नूनपानीले कुल्ला गर्ने व्यवहारलाई अभियान बनाइएको छ ।
कोरोनाको संत्रास र उच्च जोखिम बढेर गइरहेको यस अवस्थामा योग, ध्यान तथा प्राकृतिक चिकित्साका विधि र जडीबुटी एवं आरोग्यवर्धक आहारविहारबाट संक्रमण बढ्नबाट रोक्न सकिनुको साथै संक्रमितलाई उपचार गर्नसकिने बलियो उपाय देखिएकोले यसतर्फ सम्बन्धितसबैले ध्यान पुर्याउन जरुरी रहेको बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपालमा उपचारपछि डिस्चार्ज हुने कोभिड संक्रमितको सख्या २ लाख ६३ हजार नाघ्यो
- नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्दै
- कोभिशिल्ड’ खोप ७ वटै प्रदेशमा पठाइयो , आइतवार सम्ममा सबै प्रदेशमा पुग्ने
- वरिष्ठ पत्रकार राणा र फोटो पत्रकार श्रेष्ठ सम्मानित
- नियन्त्रित १ हजार ५ सय ट्याब्लेट नाइट्राभेट सहित मोहम्मद शेष ईन्ताज पक्राउ
- आजदेखि शहीद सप्ताह शुरु, शहीद शास्त्रीको स्मृतिमा श्रद्धाञ्जली सभा
- नेकपा प्रचण्ड–नेपाल समूहको आजको विशाल जनप्रदर्शन सहितको विरोधसभामा कसले के भने ?
- उपत्यकाका ११२ सहित देशभर ३ सय २ जना कोभिड संक्रमित थपिए, ७ को मृत्यु
- न्युरोडबाट स्रोत नखुलेको १५ लाख नगद सहित शेर्पा पक्राउ
- महानगरले २५ वटा सामुदायिक विद्यालयमा आविष्कार क्लव सञ्चालन गर्ने
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान