सोमवार, बैशाख ३, २०८१

कोभिड संक्रमणका कारण गएराती पर्सामा थप एक १८ वर्षीया संक्रमित युवतीको मृत्यु

पर्सा साउन २१ , कोभिड संक्रमणका कारण पर्सामा गएराती थप एक १८ वर्षीया संक्रमित युवतीको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएसंगै सोमवार उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भइसकेको चिकित्सलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएकोछ ।

त्यसतै प्राप्त समाचारमा उल्ल्ेख भएअनुसार यसवतीको मृत्यु लगत्तै आकस्मिक स्वाब संकलन गरी मंगलवार नारायणी अस्पतालमा परीक्षण गर्नेक्रममा उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालले जनाएको छ । यद्यपी यसको औपचारिक पुष्टि मन्त्रालयले आज गर्ने बुझिएको छ । यो संगै संक्रमणकाकारण मृत्यु हुनेको सख्या ५९ पुगेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।