आइतवार, बैशाख २६, २०७८

काँग्रेसद्वारा रौतहट र मोरङ घटनाको अनुसन्धान गर्न माग

काठमाडौं भाद्र ११,

नेपाली काँग्रेसले रौतहट र मोरङमा दुई युवाहरूको शंकास्पद ढंगले आज भएको मृत्युको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको हो ।

त्यस्तै जारी विज्ञप्तिमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षिय बिजयराम चमार परिवारका सदस्यले दिएको जानकारीअनुसार स्वस्थ र हट्टाकट्टा भएको तर आज अकस्मात वीरगञ्जको एक अस्पतालमा उनको निधन भएको खबरले परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक भएको उल्लेख गरिएकोछ ।

साथै आजै मोरङको कारागारमा रहेका २६ वर्षका युवा निराजन यादवको आजै भएको भनिएको मृत्युका सवालमा समेत शंकास्पद विवरणहरु बाहिर आएको उल्लेख गर्दै यसअघि धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा गत जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद भएको गरुडा र मोरङ दुवै घटनाको सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न माग गरेको छ ।

साथै प्रवक्ता शर्माले रौतहट माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लाग्न पनि सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु