बिहिबार, बैशाख ६, २०८१

उपत्यकाका ४४ सहित ३ सय ३८ जनामा कोभिड पोजेटिभ

नीजि, सामुदायिक, सरकारी र गैर सरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड विरामीको लागि छुट्याउन निर्देशन

काठमाडौं साउन २६ ,

मुलुकमा कोभिड १९ संक्रमणका कारण बाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएके छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षिय पुरुष र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुष त्यस्तै गरि बाँकेको कोहलपुर नगरपालिका-२ का ७० वर्षिया महिला र पर्साका ४५ वर्षिया महिला रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभएकोछ । यो संगै संक्रमणका कारण मृत्यु हुनेको सख्या ७९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ पीसीआर परीक्षणको क्रममा काठमाडौं काठमाडौंका ३६ तथा ललितपुर र भक्तपुरका ४/४ जना गरि उपत्यकाका ४४ जनासहित ३ सय ३८ जनामाकोभिड पोजेटिभ पाईएकोछ । तीमध्ये हुन् ।यो संगै कुल संक्रमितको संख्या २३ हजार ३ सय १० रहेको छ ।

साथै १ सय ४० जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमित डिस्चार्ज भएको जानकारी सहित प्रवक्ता गौतमले देशभरी १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा र ६ हजार ७ सय ३८ जना आइसोलेसनमा रहेको जनाएको छ ।  साथै मन्त्रालयले नीजि, सामुदायिक, सरकारी र गैर सरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड विरामीको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न निर्देशन समेत दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु