आइतवार, अशोज ३, २०७८

उपत्यकाका १६६ जना सहित ८ सय १८ नयाँ कोभिड संक्रमितको पहिचान, ३ को मृत्यु

काठमाडौं भाद्र ७ ,
पछिल्लो समय नेपालमा ८ हजार २६ वटा नमुना पीसीआर परीक्षणको क्रममा काठमाडौं उपत्यकाका १६६ जना सहित ८ सय १८ जना नयाँ कोभिड संक्रमितको पहिचान भएको छ । योसँगै नेपालमा सक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।त्यस्तै आज उपत्यकामा पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौंमा १२६ ललितपुरमा १२ र भक्तपुरमा २८ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशभर १३ हजार १ सय ५५ जना संक्रमित आइसोलेसनमा छन । तिमध्ये ३ हजार ९ सय ४३ होम आइसोलेसनमा र बाँकी विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइरहेको जानकारी दिदै न्त्रालयले यी संक्रमितमध्ये १ सय ३७ जनाको आइसीयुमा र १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारीदिनुभयो ।

त्यस्तै गत २४ घण्टामा २ सय ८१ जना संक्रमित कोभिड मुक्त हुँदै डिस्चार्जभएसंगै संक्रमण मुक्त हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको जानकारी दिदै मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरि क्वारन्टीनमा ११ हजार ७ सय १४ जना रहेको त्यस्तै संक्रमणका कारण झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको मुत्युभएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको जानकारी दिनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु