सोमवार, बैशाख ३, २०८१

कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा दुई लाख ७९ हजार ठगी गर्ने शाह पक्राउ

काठमाडौ साउन १२,
महानगरीय अपराध महाशाखाले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा सामान नपु-याई ठगी गर्ने धनुषाका २४ वर्षीय धिरज शाहलाई आज पक्राउ गरेको छ ।
प्रहरीका अनुसार निज शाहले भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी, महिलाले लगाउने कपडाहरु नेपालमा कुरियरमार्फत होम डेलिभरी गराइदिने भनी विश्वासमा पारी उक्त रकम ठगी गरेको जनाउदै निजले रु दुई लाख ७९ हजार ९१० ठगी गरेको जनाएको हो ।

त्यस्तै पक्राउ परेका शाहले भारतबाट वेवी कार सिट मगाउने पीडितले इ–सेवाबाट पठाएको रु नौ हजार, भारतबाट साडी कुर्था ल्याउने भनी पीडितसँग लिएको रु ७७ हजार ७००, सिको घडी मगाउनका लागि पीडितसँग लिएको रु ४९ हजार ५५०,  त्यस्तै जेन्स कपडा ल्याउन पीडितसँग लिएको रु १४ हजार ८७५, औषधि तथा मोबाइल ल्याउन पीडितसँग लिएको रु ७३ हजार ७८५ ठगी गरेका छन् । शाहलाई ठगी मुद्धामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको चलान गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।