बुधबार, बैशाख १२, २०८१

सिक्री लुट्ने लुटेरात्रय र लुटेको सिक्री किन्ने साहुजी पक्राउ

प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै ठग्ने वली संगै नक्कली नेपाली नोटसहित ठकुरी पक्राउ

काठमाडौं साउन ९
काठमाडौं महानगरपालिका वडा न २३ झोंछेस्थित सडकमा हिँडिरहेकी महिलाले लगाएको ८।६४ ग्राम बराबरको सुनको सिक्री लुटने तथा लुटेको सिक्री किनबेच गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका९१४ बस्नेहरु ३२ वर्षीय अकेश नकर्मी र ३१ वर्षीया नेहा नकर्मी, नुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका १४ नैकाप बस्ने २२ वर्षीय विक्की मगर र काठमाडौं महानगरपालिका १५ डल्लु ठेगाना भएका माँ हारती सरण सुनचाँदि पसलका संचालक ६३ वर्षीय अशोक शाक्य रहेका छन् ।

प्रहरीका अनुसार सडकमा हिँडिरहेकी १ महिलाले लगाएको सिक्री लुटी फरार भएका भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त सुनको सिक्री सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये अकेश र विक्की सिक्री लुट्ने, नेहाले बेच्ने र अशोक किन्ने कार्यमा संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

यसैवीच नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनी एक व्यक्तिसँग रु ३ लाख ५० हजार लिएर ठगी गरेको अभियोगमा पक्राउ परेका रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

त्यसैगरि प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । मोबाइल खरिदका लागि एक व्यक्तिलाई नक्कली नोट दिने बाँकेका २२ वर्षीय प्रशान्तसिंह ठकुरीलाई बिहीबार पक्राउ गरेको हो । अभियुक्त ठकुरीमाथि आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।