शनिबार, जेष्ठ २९, २०७८

मन्त्रिपरिषद् बैठक: कोभिड कहरका कारण जारी बन्दाबन्दी आज मध्यरात्रीबाट समाप्त

  1. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात भाद्र १ देखि सञ्चालमा आउने

  2. सरकारी कार्यालय विधिवतरुपमा १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणाली हट्यो

  3. अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेश लाग्दै आएको रोक अगामी साउन ३२ सम्म कायमै

  4. भिडभाड र संक्रमण जोखिमको संभावना रहेको विद्यालय कलेज, ट्युशन सेन्टर तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शनी, सामूहिक भोज, सामूहिक भेला तथा सम्मेलन, सिनेमाहल, पार्टी, प्यालेस डान्सबार मनोरञ्जलका स्थलको सञ्चालन ,सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, धार्मिक तथा सामाजिकस्थल, समूहमा खेलिने खेल, पुस्तकालय सङ्ग्रहालय माथि रहेको रोक भने अर्को सूचना नआए सम्मका लागि कायमनै

काठमाडौँ साउन ६
विश्वव्यापी कोभिड १९ को संक्रमण रोक्न सरकारले गत वर्षको चैत ११ देखि लागू गरेको बन्दाबन्दी करिव चार महिनापुगेसंगै आज मध्यरातबाट लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले लकडाउन अन्त्य भएसंगै यसअघि बन्द रहेका अधिकांश सेवा सञ्चालन गर्न पाउने   बताउनभयो ।

यद्यपी भिडभाड र संक्रमण जोखिमको संभावना रहेको विद्यालय कलेज, ट्युशन सेन्टर तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शनी, सामूहिक भोज, सामूहिक भेला तथा सम्मेलन, सिनेमाहल, पार्टी, प्यालेस डान्सबार मनोरञ्जलका स्थलको सञ्चालन ,सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, धार्मिक तथा सामाजिकस्थल, समूहमा खेलिने खेल, पुस्तकालय सङ्ग्रहालय माथि रहेको रोक भने अर्को सूचना नआए सम्मका लागि कायमनै रहेको बताउनुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा विभिन्न मन्त्रालयको विषयगत प्रस्तावको छलफल सहित मन्त्रिपरिषद् बैठकले तोकिएको मापदण्ड अनुरुप कोभिड कहरका कारण रोकिएको विद्यार्थी भर्ना लगायतका शैक्षिक कार्यक्रम तथा परीक्षा, राष्ट्रिय , अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता , प्रशिक्षण संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सेवासमेत समेत भाद्र १ बाट सञ्चालन गर्न सकिने सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिनुभएको छ।

यस्तो छ मन्त्रिपरिषद् बैठकका निर्णयको पूर्णपाठ:

त्यस्तै रेष्टुरेन्ट तथा ट्रेकिङ, ट्राभल र पर्वतारोहणका गतिविधि पनि भने यहि साउन १५ देखि सञ्चालन गर्ने पाउने बताउदै उहाँले अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेश लाग्दै आएको रोक अगामी साउन ३२ सम्म कायमै रहेको तर अत्यावश्यक सामग्रीको ढुवानी तथा असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा व्यक्तिका लागि भने तोकिएको विन्दुबाट प्रवेशको व्यवस्था मिलाइने जानकारी दिनुभयो ।त्यस्तै गरि सरकारी कार्यालय विधिवतरुपमा १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने र सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

http://www.kantipurhotline.com/wp-content/uploads/2020/07/press-release-2077-4-6.pdf

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु