शनिबार, बैशाख ८, २०८१

औषधिका दुइ सरोकारवाला संस्था एपोन र मियानवीचको टकराव आखिर किन ?

काठमाडौं साउन ६ , 

मुलुकको औषधि जगतका दुइ सरोकारवाला संस्था नेपाल औषधि उत्पादक संघ र औषधि आयातकर्तासंघ वीच औषधिमा आत्मानिर्भरता परर्निरभताको सवालमा टकरावको स्थिती सिर्जना भएको छ । उत्पादक संघ  औषधिमा आत्मानिर्भरता सहितका विभिन्न ७ बुँदे माग सहित आन्दोलनको मैदान आउने क्रममा आयाताकर्ता संघको कर्मक्षेत्रमाथिनै धावा आफुहरुलाइ   आन्दोलनको लागि बाध्य पारिएको सोमवार नियमक निकाय औषधि व्यवस्था विभागका महानिर्देश नारयणप्रसाद ढकाललाइ बुझाएको १० बुँदे ज्ञापन पत्रमा प्रष्ट उल्लेख गरिएको छ ।

यस्तो छ दुइ संस्थामध्ये मियानको तर्फबाट प्रस्तुत माग दावी:

त्यस्तै ज्ञापन पत्रमा आयातकर्ता संघले विभागको समन्वयमा जुनकसुकै विषम अवस्थमा पनि निर्वाधरुपमा औषधिको आयातगर्दै नागरिकलाइ सहज सुलभ रुपमा औषधि उपलब्ध गराउदै आएको जिकिर गरिएको छ ।

त्यस्तै औषधिमा आत्मानिर्भर भइसकेको भन्ने जस्ता कथित अलाप सहित गुणस्तरिय औषधिको आयातमा माथि नियोजित प्रतिबन्ध लगाउदै आफु अनुकुलको बजारको कल्पनामा रुमलिदै कोभिडको बढ्दो जोखिमको अवस्थामा स्वदेशी उद्योगले उत्पादन गरेका स्यानिटाजरमात्र बेच्न पाउनु पर्ने र आयात गरिएको स्यानिटाइजरको विक्रीमा रोक लगाउनुपर्ने जस्ता माग सिन्डीकेटको पराकाष्ठा भएको जिकिर सहित  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निणर्य गर्दै आइतबार स्वास्थ्य मन्त्रालयका डा विकास देवकोटाको संयोजकतत्वमा गठित वार्ता समितिमा समेत सवै व्यवसायीको प्रतिनिधीत्वको माग समेत गरिएको छ।

त्यस्तै नेपाल औषधि व्ष्वस्था उत्पादक संघले स्यानिटाजर नेपाली औषधी उधोग आत्मनिर्भर भईसकेको हुदा बिना दर्ता र गुणस्तर परिक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता गराउन ,यसअघि  स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एबं औषधीमा आत्मनिर्भर उन्मुख गराउने निति तर्जुमा गर्ने सम्बन्धमा औषधी ब्यबस्था बिभागका निर्देशकको संयोजकत्वमा अर्थ, उधोग, बाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थबिद सहितको बिज्ञ समुहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरि मन्त्रालय बाट कार्यान्वयनको लागी कार्यतालिका सहित पठाइएको भएतापनि हाल सम्म कार्यान्वयन गरिएको छैन यसको तत्काल कार्यान्वयन गर्न र अनुज्ञा पत्रको हकमा स्वदेशी उधोगलाई भन्दा आयातलाई हुँदै आएको प्रोत्साहन रोक्न र स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश संगै देशलाई आत्मानिर्भर बनाउने लगायतका माग गरिएको छ ।

यस्तो छ दुइ संस्थामध्ये एपोनको तर्फबाट प्रस्तुत माग दावी:

प्रस्तुत माग आन्दोलनको पृष्ठभूमि हेर्ने हो भने व्यवसायमा मैत्रीभाव भन्दा पनि एकले अर्कालाइ निषेध गर्दै आफु अनुकुलको बजारीकरणमा यी दुइ संस्थाको टकराव भएको सहजै वोध गर्न सकिन्छ ।  एक अर्थमा भन्ने हो भने औषधि उत्पादक संघले आयातकर्ताको अस्तित्व स्वीकार्न नसककेको अवस्था देखिएको छ । त्यस्तै आयातकर्ताले उत्पादक संघले उठान गरेको औषधिमा आत्मानिर्भरताको सवालमा नितिगत विमति भन्दा औषधिमा मुलुक आत्मार्भिर हुँदै आयात होइन निर्यात समेत गर्न सफल होस भन्ने अभिव्यक्ति सहित खोक्रो र कथित रुपमा नभइ आफु काँहा छु भन्ने धरातलको मापन गर्न आग्रह गर्दै आइरहेका छन ।

 त्यस्तै पछिल्लो समय  कोभिड संक्रमणको उच्च जोखिम बढेसंगै राज्यले नियमक निकाय औषधि व्यवस्था विभागसंग कोभिड रोकथाम प्रयोजनका लागि विज्ञ समूहले पहिचान गरेको अत्याआवश्यक औषधिको सूची  माग गर्दा विभागले मन्त्रालयमा बुझाएको औषधिको सूचीमा जम्माजम्मी ५ देखि ७ वटा  शुइज्नय औषधि मात्र स्वदेशमा उत्पादन हुने र बाँकी ओषधि आयात गर्नु पर्ने उल्लेख गर्दै बुझाएको सूचीले औषधिमा मुलुक आत्मानिर्भर छ भनेर कदापी भन्न नसकिने स्वयम औषधि व्यवसायीहरु बताउँछन ।

यद्यपी परनिर्भरताका वीच औषधिमा आत्मा निर्भर हुनु स्वभाविक रुपमा शुभ संकेत र समृद्ध मुलुकको सूचक पनि हो । तर यसकालागि आवश्यक पूर्वाधार बनिनसकेको अवस्थामा सरोकारवाला संस्थावीचको टकराव भने किमार्थ शुभ संकेत मान्न सकिन्न । त्यस्तै आफुलाइ मुलुकको औषधि जगतमा अब्बल संस्थाका पहिचान दिन पछि नपर्ने मृगेन्द्र मेहर नेतृत्वको औषधि व्यवसायी संघले आयातकर्ता संघको आडमा भाग शान्ति खो्ज्दै गरेको अवस्था रोचक पक्ष भएको एक व्यवसायीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताएको तर्क आफैमा मननीय रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।