बिहिबार, बैशाख १३, २०८१

साउन १ बाट अनलाइन माध्यमबाट हुँदै आएको पठनपाठन बन्द

काठमाडौं असार ३१, निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठकले निजि विद्यालयहरुको माग पुरा गर्ने तर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भिर नबनेको आरोप सहित साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।

त्यस्तै सरकार हाम्रा माग कासवालमा गम्भीर नभएकै कारण साउन १ गतेदेखि नै लागु हुनेगरि उनीहरुले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा दिने निर्णय गरेको हो ।
तत्काल पढाई सञ्चालन गर्न नसके पनि साउन १ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेसन गर्नेलगायतका प्रशासनिक काम गर्न पाउनुपर्ने माग सरकार समक्ष राख्दा आफ्नो माग कास विालमा गम्भीर नभएको जनाउ दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।