शनिबार, बैशाख ८, २०८१

नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीको राजीनामा माग्दै ,बादलले पनि ओली कित्ता छोडे

काठमाडौं असार १८,  सत्तासिन दल नेकपाका ३० स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने निर्णय गरेका छन् । नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल , झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहित सचिवालय र स्थायी कमिटीका बहुमत नेताको बुधवार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको सम्वद्ध स्रोतले जनाएको छ।

त्यस्त बैठकले प्रधानमन्त्री ओली सरकार र पार्टी नेतृत्व दुवैमा असफल भएको भन्दै चालू स्थायी कमिटी बैठकबाट जिम्मेवारीबाट राजीनामा गराउनुको विकल्प नभएको निष्कर्ष पहिल्याएको बुझिएको छ ।

यसवीचमा महत्वपूर्ण प्रसंग भनेको हिजोका दिनमा प्रम ओलीको हरेक निर्णयमा साथ दिदै आएका गृहमन्त्री रामबहादुर थापा समेत पछिल्लो समय प्रम ओलीको विपरित धुव्रमा उभिएका छन । पछिल्लो समय नेकपा स्थायी कमिटीको प्रत्येक कदमलाइ समिक्षा गर्ने शो भने ४४ सदस्यीय रहेको स्थायी कमिटीका ३० जना भन्दा बढि सदस्य प्रम ओलीको कामकारवाहीबाट असन्तुष्ट रहेको देखिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।