शुक्रबार, चैत्र १६, २०८०

सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा पुन: भारी वर्षाको संभावना

काठमाडौं साउन १०,

जल तथा मौसम विज्ञान विभागले आगामी सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुनुको अलावा भारी वर्षाको संभावना औल्याएको छ।
विभागका अनुसार सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना संगै न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

यसवीचमा गत साउन ४ देखि ६ गतेसम्म पुनः न्यूनचापीय सक्रियभएसंगै शुरु भएको वर्षाका कारण मुलुकका धेरै ठूला नदीहरुमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोशीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँठाउँमा डुबानसमेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनेको थियो ।

यद्यपी यो प्रक्रिया केहि दिनमात्र रहने जनाउदै यसवीचमा नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकै कारण सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।