शुक्रबार, बैशाख १४, २०८१

सूर्योदयमा अग्नी नियन्त्रण प्रशिक्षण

काठमाडौं साउन १४ ,

आगलागीबाट हुने क्षति र यसको न्यूनिकरणको लागि अपनाउनु पर्ने सचेतना अभिवृद्धि गर्ने लक्ष्य सहित ज्ञानोदय माध्यमिक विद्यालय, वाफल, कालिमाटीको पूर्व विद्यार्थीहरुको संगठन “ज्ञान”द्धारा “अग्नी नियन्त्रण तथा विपद् उद्धार स्वयंसेवक तालिम” को आयोजना गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नं. १३ स्थित सूर्योदय नेपाल, लागु औषध तथा उपचार केन्द्रमा आयोजना गरिएको हो ।

काठमाडौं महानगरपालिका अन्तर्गत विपद व्यवस्थापन विभागको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रमलाई वरिष्ट अग्नी नियन्त्रण प्रशिक्षक किशोर कुमार भट्टराईले सामान्य मानवीय लापरर्वाहीको कारण हुन सक्ने आगलागीको जोखिमको न्यूनिकरण तथा नियन्त्रणका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक प्रयोग सहितको प्रशिक्षण दिनुभएको थियो ।
आयोजक संस्थाकी उपाध्यक्ष निरु महर्जनको स्वागत अभिव्यक्ति सहित केन्द्र आवद्ध करिव ४ दर्जन व्यक्ति लक्षित उक्त प्रशिक्षण कार्यक्रममा आयोजक संस्था ज्ञानका अध्यक्ष रुपचन्द्र पन्तले शैक्षिक उन्नयन लगायत सामाजिक जागरणका लागि संस्थाले विगत लामो समय यतादेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिदै आजको प्रशिक्ष्ण पनि यसैको कडि भएको बताउनुभएको थियो । साथै उहाँले ग्यास सिलिण्डरबाट आएको आगो कसरी निभाउने ? आगोबाट आफु र अरुलाई कसरी बाच्न र बचाउन सकिन्छ ? भन्ने विषयगत जानकारी समेत दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएकोे छ ।

कार्यक्रममा आजको कार्यक्रममा चन्द्रागिरी न.पा. वडा नं.१३ का वडा अध्यक्ष मुकुन्द विडारी, नागार्जुन न.पा. वडा नं. ७ का अध्यक्ष रमेश प्रसाद गौतम, जागरण महिला विकास समाजकी अध्यक्ष सुगन्धा सिम्देल, तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकी, सुर्योदय नेपालका संस्थापक अध्यक्ष कृष्ण खत्री तथा संस्थापक सदस्य/परामर्शदाता राजिव के.सी. लगायतको   उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।