मङ्लबार, बैशाख ११, २०८१

सार्वजनिक सवारी साधनमा अत्याआवश्यक वाहेक अनावश्यक यात्रा नगर्न मन्त्रालयको आग्रह

काठमाडौ असार ३०,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अपडेट प्रेस ब्रिफिङमा मार्फत मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सार्वजनिक सवारी साधनमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाइ आग्रह गरेको छ।

प्रवक्ता गौतमले कोभिड १९ को जोखिम बढ्दो रहेकाले अत्याआवश्यक वाहेक अनावश्यकरूपमा सार्वजनिक सवारी साधनमा यात्रा गर्नु स्वास्थ्य सुरक्षाको देष्टिकोणले जोखिम पूर्ण रहेको बताउदै संभव भएसम्म सार्वजनिक सवारी प्रयोग नगर्न आग्रह गर्नु भएको हो ।

त्यस्तै उहाँले लकडाउनको सहजीकरणको क्रममा सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिइएको हो। तर पछिल्लो समय सार्वजनिक सवारीमा बढ्दो भिडभाका कारण जनजीवन सिर्जित कठिनाइका बाबजुत अनावश्यकरूपमा सार्वजनिक सवारी चढेनु जोखिमपूर्ण भएको बताए ।

साथै सार्वजनिक यातायातको यात्रानै गर्नु परेको अवस्थामा हरेक व्यक्तिले कोरोनाको संक्रमण फैलाउन सक्छन भन्‍ने हेक्का राख्दै एक अर्काको दूरी कायम गरी मास्कको अनिवार्य रुपमा प्रयोग गरेर मात्र यात्रा गर्न आग्रह गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।