शुक्रबार, बैशाख १४, २०८१

सार्वजनिक सवारीसाधन सञ्चालनको सवालमा कुनै निर्णय नभएको महासङ्घको जनाउ

काठमाडौ साउन ४ ,

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सवारी साधन सञ्चालनका लागि यातायात व्यवस्था विभागसँग छलफल जारी रहेको तर सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै नितिगत निर्णय भइनसकेको जनाएको छ ।

महासचिव सरोज सिटौलाले सरकारले गत असार २३ मा छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेसंगै यसको लागि आवश्यक छलफल जारी रहेको अवस्थामा सोमवारबाट सवारी साधन सञ्चालन हुने भन्दै प्रकाशित समाचार प्रति विमति समेत जनाउनुभएको छ।

यद्यपी सार्वजनिक सवारी साधान सञ्चालनमा आउँछ तर यसको लागि पहिलो प्राथमिकता भनेको संक्रमण फैलिन नदिन आवश्यक स्वास्थ्य सुरक्षा महत्वपूर्ण विषय भएकै कारण गम्भीर छलफल आवश्यक रहेको बताए ।

त्यस्तै यसवीचमम पेसेन्जर, सवारी मजदूरको स्वास्थ्य बीमा लगायतका यावत विषयमा नितिगत निचोड पछिमात्र निर्वाद सवारी साधन सञ्चालनमा आउने बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।