बिहिबार, बैशाख १३, २०८१

सामाजिक सञ्जालमा अश्लिल भिडियो पोष्ट गर्ने श्रेष्ठ पक्राउ

काठमाडौ असार २९ प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीय एक बालिकाको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको अभियोगमा गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ब्युरोका अनुसार श्रेष्ठले अश्लिल भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने जस्तो साइबर अपराध गरेकै कारण विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ अनुरुप पक्राउ गरिएको जानकारी दिदै पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको े जनाएको छ । उनलाई को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।