शनिबार, बैशाख ८, २०८१

सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दाका फरार अभियुक्त महत पक्राउ

करणी गरेको अभियोगमा यम बहादुर पक्राउ

काठमाडौ साउन ८,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर महांकाल बस्ने ४३ वर्षीय हरिशरण महतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उच्च अदालत पाटनको २०७० चैत १७ गतेको फैसलाले २ वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहेका महतलाई ललितपुर सातदोबाटोमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महत समेतले लोप्साङ् लामा र उनकी श्रीमती च्यूङ्ताङ् लामाको नाममा रहेको काठमाडौं नागार्जुन नगरपालिका-५ स्थित कित्ता नम्बर ८१८ को २-०-२-० क्षेत्रफल जग्गा मालपोत कार्यालय कलंकीका तत्कालीन खरिदार भिम बहादुर राई समेतको मिलोमतोमा काठमाडौं जिल्ला अदालतबाट जारि भएको अधिकृत वारेसनामा लगायत अन्य कागजातहरु नक्कली बनाई सिन्धुपाल्चोक साबिक फुल्पिङ्कट्टी गाबिस(१ बस्ने कमल कुमार श्रेष्ठको नाममा नामसारी गराई कास्की साविक पोखरा उपमहानगरपालिका(३ बस्ने प्रवीणमान श्रेष्ठलाई २०६४ चैत २४ गते ७५ लाख रुपैयाँ मूल्यमा बिक्री गरी सरकारी छाप दस्तखत कीर्ते र ठगी गरेको ठहर गरेको थियो ।
महतलाई पक्राउ लगत्तै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

यसैवीच प्रहरीले सैनामैना नगरपालिका १ रानिकुवा बस्ने ५० वर्षीय यम बहादुर भण्डारीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार दिउँसो पक्राउ गरेको छ । प्रहरीका अनुसार भण्डारीले ती किशोरीलाई गत असार २४ गते दिउँसो सोही ठाउँस्थित जंगलमा च्याउ खोज्न जाने क्रममा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईप्रका रन्यौराबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।