मङ्लबार, बैशाख ११, २०८१

सत्तारुढदल नेकपा भित्रको अन्तर सघर्ष चरमउत्कर्षमा,स्थायी कमिटी बैठक फेरि स्थगन

काठमाडौ साउन २,

आजका लागि तोकिएको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक साउन ४ गतेका लागि सरेको छ । पार्टी भित्र मौलाएको विवादमा शीर्ष नेताहरुको छलफल भएपनि कुनै नितिगत निकास पहिल्याउँन नसक्दा यसअघि पनि बैठक पटक पटक स्थगन हुँदै आएको थियो ।

यसअघि सत्तारुढदल नेकपाको आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिईएको थियो ।

त्यस्तै शिर्ष नेतृत्ववीचको अन्तर सघर्ष र पार्टी भित्र मौलाएको विवाद समाधानको सहमति बन्न नसकेपछि अपरान्ह ३ बजे बस्ने भनिएको बैठक साउन ४ का लागि स्थगन गरिएको सूचना प्रवाह गरिएको हो । यद्यपी आजको बैठक पनि पूर्व निर्धारित समयमा हुन नसकेसंगै सत्तारुढदल भित्रको विवाद चरमउत्कर्षमा पुगेको प्रष्ट भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।