बिहिबार, चैत्र १५, २०८०

संक्रमितको सख्या बढेसंगै अत्यावश्यक सेवाबाहेकका अन्य कामकारवाही बन्द

विराटनगर साउन ११ ,
विराटनगर महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ को सङ्क्रमितको सख्या बढेसंगै संक्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अत्यावश्यक सेवाबाहेक अन्य कामकारवाहीमा रोक लगाउने भएको छ।

महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा आज बसेको नगरस्तरीय कोभिड–१९ सिसिएमसी बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरू दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापनप, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिश बाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय गरेको प्राीत समाचारमा उल्ल्ोख गरिएको छ। प्रदेश नं १ मा आज पहिचान भएका संक्रमित मध्ये ३१ जनामा सङ्कमण देखिएको हो ।

त्यस्तै बैठकले परीक्षणको दायरा बढाउनुको अलावा भिडभाड हुनेकुनै पनि कार्यक्रमको आयोजनामा रोक लगाउनुको साथै भारतीय सीमावर्ती क्षेत्रबाट अवैध आगमनलाई नियन्त्रण गर्ने, सिटी रिक्सा सवारीमा सामाजिक दूरी कायम गर्ने, चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायमलाइ कडाइका साथ कायान्वयन गर्ने निर्णय समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।