शुक्रबार, चैत्र १६, २०८०

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग  सहित  विभिन्न पत्रकार संवद्ध  संगठन ,कान्तिपुरका पत्रकार र कर्मचारीहरु आन्दोलित

अरुणा मानन्धर
काठमाडौं असार ३० ,कान्तिपुर मिडिया ग्रुप अन्तर्गत विभिन्न मिडियाहरुमा कार्यरत पत्रकार तथा कर्मचारीलाई कोभिडको कारण देखाउँदै कामबाट निकाल्ने, बेतलबि बिदामा बस्न बाध्य पार्ने, समयमा तलब नदिने गरिएको भन्दै विभिन्न पत्रकार संवद्ध संघ संगठनहरु आन्दोलित भएका छन ।

कान्तिपुर मिडिया ग्रुप अन्तर्गत विभिन्न मिडियाहरुमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको संयुक्त आयोजनामा आज थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयको गेट अगाडी त्यस्तो विरोध प्रदर्शन गरिएको हो ।

विरोध कार्यक्रममा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर, मिडिया मालिकको मनोमानी बन्द गर’ भन्ने नारा सहित कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका कान्तिपुर पब्लिकेशन कर्मचारी युनियन, कर्मचारी संघ, अखिल नेपाल सञ्चार क्रान्तिकारी मजदूर संघ लगायतको आयोजना तथा प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, प्रेस नेपाल, प्रेस संगठन नेपाल लगायतका संघ, संगठनहरुको एक्यवद्धता रहेको थियो ।

त्यस्तै विरोधको क्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका क्रान्तिकरी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेव जैसी ,प्रेस नेपालका अध्यक्ष केशब अर्याल, प्रेस संगठन नेपाल प्रदेश तीनका नेता विश्वमणी सुवेदी, कर्मचारी युनियनका अध्यक्ष ढकप्रसाद खतिवडा लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।