बिहिबार, बैशाख १३, २०८१

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाइ बुधवार रथारोहण गराइने

काठमाडौं असार २२,  ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण आागामी बुधवार हुने भएको छ । मच्छिन्द्रनाथ गुठी सम्वद्ध अधिकारीका अनुसार ज्योतिषीले रथारोहणको लागि बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथारोहण गराउन लागेको हो

रथारोहणको क्रममा मच्छिन्द्रनाथलाई पुजारीहरुले बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोकमा रहेको रथमा विराजमान गराृने भएको छ। यसको लागि मच्छिन्द्रनाथको रथ निर्माणको कामलाइ रफ्तारमा सम्पन्न गरिदै गरेको सम्वद्ध अधिकारीहरुले  जानकारी दिएका छन ।

त्यस्तै रथारोहणको ४ दिन पछि काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथयात्राको रुपमा बुझिएको मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जावलाखेल लगेर जात्रा देखाउने चलन रहेपनि यसपटक कोभिड संक्रमणका कारण परम्परागत रुपमा रथ जात्रा सञ्चालन हुने वा नहुनेमा कुनै नितिगत निर्णय भने भएको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।