शुक्रबार, बैशाख ७, २०८१

लोमस फर्मास्युटिकल्सका दुई न्यून गुणस्तरका औषधिको बिक्री वितरणमा रोक

काठमाडौ असार २४, औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभागले क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको छ । विभागका अनुसार उक्त फर्मास्युटिकल्सको उत्पादन मेट्रो ४०० एमजी [मेट्रोनिन्डाजोल ट्याबलेट]र सेटोफेन [प्यारासिटामोल ट्याबलेट ५०० एमजी] को औषधि न्यून गुणस्तरको रहेको पाईएसंगै औषधिको बिक्रीवितरणमा रोक लगाइएको हो ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मङ्गलबार निर्देशन दिइएको जानकारी दिदै उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न सम्वद्ध सवैमा आग्रह गरेको जानकारी दिनुभयो  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु