शुक्रबार, चैत्र १६, २०८०

लुभू नपा वडा न. ८ मा एकै घरका १० जनामा कोभिड पुष्टि

कोभिड १९ सङ्क्रमणबाट निधन भएका गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको घर रहेको टोल सिल

ललितपुर असार २८ , महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा गत असार १७ गते कोभिड सङ्क्रमण पुष्टि भएसँगै उहाँको सम्पर्कमा रहेका पारिवारिक सदस्य सात सदस्य र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको बताइएको छ ।

त्यस्तै सो वडामा यसका अलवा विदेशबाट फर्किएकी १ महिला, ग्वार्कोको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका १ पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगरपालिकाले जनाउदै यी सङ्क्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको बताईएको छ ।

यसैवीच कोभिड १९े सङ्क्रमणबाट निधन भएका गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको घर रहेको टोल सिल गर्दै मृतकको सम्पर्कमा आएका १३ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि आज राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ । त्यस्तै यसवीचमा नगरपालिकाको वडा नं ५ मा पनि विदेशबाट फर्किएका एक जनामा कोरोना देखिएपछि हाल उपचार भइरहेको नगरपालिकाले जनाउदै कोभिडका कारण नगरपालिकामा निधन भएको यो पहिलो घटना भएको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।