बिहिबार, बैशाख १३, २०८१

रु १३ हजार सहित मालपोतका नासु कार्यकक्षबाट नियन्त्रणमा

सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल, इन्जिनीयर सुदीप चौधरी र सबइन्जिनीयर रामकान्त चौधरी त्यस्तै गरि हरिपुर नगरपालिका सर्लाहीका लेखा अधिकृत सिंहविरुद्ध मुद्दा दायर

काठमाडौं असार ३०, भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो । ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीबाट रु १३ हजार घुस लिदै गर्दाको अवस्थामा कार्यकक्षबाट नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच आयोगले सडक निर्माणमा मापदण्ड विपरीत गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल, इन्जिनीयर सुदीप चौधरी र सबइन्जिनीयर रामकान्त चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस्तै विज्ञापन प्रकाशनबापतको रकममा घुस मागेको अभियोगमा हरिपुर नगरपालिका सर्लाहीका लेखा अधिकृत भूपेन्द्रकुमार सिंहविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर भएको जनाएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।