शुक्रबार, बैशाख १४, २०८१

राजधानीको असन र महाबौद्धमा फैलियो कोभिड संक्रमण,एकै परिवारका ५ जना संक्रमित

काठमाडौ साउन १३,

राजधानीको असन तथा महाबौद्धमा व्यापार गर्ने एकै परिवारका ५ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरिएको छ । त्यहाँ कोभिड परीक्षणलाई व्यापक बनाइने भएको छ । शहीद शुक्रराज अस्पतालका निर्देशक डा सागर राजभण्डारीले भारत सीतामणिबाट फर्कनुभएका एकै परिवारका पाँच जनामा कोरोना देखिएको बताउनुभयो । उहाँले छोरी, बाबुआमा, भाइ र छोरीको छोरालाई कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।

गएको बिहीबारदेखि सो परिवारको परीक्षण सुरु भएको थियो । सङ्क्रमितहरूको उमेर ८ वर्षदेखि ६० वर्ष रहेको छ । सङ्क्रमित सबैलाई अहिले टेकुस्थित शहीद शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । सुरुमा भाइलाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो । पछि परिवारलाई समेत परीक्षण गर्दा कोभिड पोजिटिभ देखिएको हो ।

डा राजभण्डारीले उनीहरू असन र महाबौद्धको बीचतिर व्यापार गर्ने व्यक्ति भएको र पछिल्लो समय उनीहरूले हाल पसल नखोलेको जानकारी आएको उल्लेख गर्नुभयो ।

यसैवीच उनीहरूलाई कोरोना पोजेटिभ देखिएपछि वरपरका ५८ जना स्थानीय तत्काल परीक्षण गरिदिनुप-यो भन्दै टेकु पुगेका थिए । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खतरामा परेकाहरूको स्थानीय तहमै आएर परीक्षण गर्ने आश्वासन दिएर पठाएको थियो ।सोमबारबाट भने महाबौद्ध क्षेत्रका स्थानीयले त्यस क्षेत्रका पसल बन्द रहेको गोरखापत्र दैनिकमा समाचार प्रकाशित रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।