शनिबार, बैशाख ८, २०८१

महासंघद्दारा पत्रकार आपतकालीन राहत कोष स्थापना

काठमाडौं असार ३१ , नेपाल पत्रकार महासंघले केन्द्रीय समिति मातहत रहनेगरी पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । कोभिड १९ सक्रमणका कारण कतिपय पत्रकारले जागिर गुमाउनु परेको, बेतलवी बिदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको जस्ता समस्या भोग्नु परेको अवस्थामा महासंघले यस्तो पहलकदमी लिएको हो ।

महासंघ केन्द्रीय समितिले ३० लाख रुपैया जम्मा गरेर सुरुआत गरेको कोषमा नेपाल पत्रकार महासंघका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, कतार शाखा तथा नेपाल अमेरिका पत्रकार संघ नेजा र नेपालिज जर्नालिष्ट एशोसिएसन अष्टेलियाले एक महिनाभित्र सकेको रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको महासंघका महासचिव रमेश विष्टद्दरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारहरुलाई कोष सञ्चालन निर्देशिका र मापदण्ड सहित राहत उपलब्ध गराउने उल्लेख गरिएको छ। साथै विज्ञप्तिमा महासंघका प्रदेश र जिल्ला शाखा, एसोसिएट र प्रतिष्ठानको पहलमा समेत कोषमा रकम जम्मा गनेृ योजना तय भएको  उल्लेख गर्दै महासंघले सहयोग गर्न चाहने अन्य संघ, संस्था र व्यक्तिहरुलाई नेपाल बंगलादेश बैंकको खाता नं ००१०७००३१५ समेत उपलब्ध गराउको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।