शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद् बैठक : नेपाल प्रहरीको नयाँ महानिरीक्षकको जिम्मेवारी थापालाइ

काठमाडौ असार २३ , आज बसको मन्त्रि परिषदको बैठकले  नेपाल प्रहरीको नयाँ प्रमुखमा  प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८ औं महानिरीक्षक हुने बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी महानिरीक्षकमा बढुवा गरेको हो । महानिरीक्षकका लागि थापासँग प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल प्रतिस्पर्धामा थिए । बहालवाला प्रहरी प्रमुख ठाकुर ज्ञवालीले बुधवारबाट अवकास पाउँदैछन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।