बिहिबार, चैत्र १५, २०८०

मनसुन थप सक्रिय, मेघगर्जन/चट्याङ वर्षा सहित निकास नभएको ठाउँमा डुबानको प्रवल सम्भावना

 काठमाडौ असार २०, शनिबार देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमानले जनाएको छ । महाशाखाले आगामी ३ दिनको बुलेटिन जारी गर्दै शुक्रबारदेखि मनसुन थप सक्रिय भएका कारण अबको केही दिन मनसुनी गतिविधि बढ्ने जनाएको हो । साथै महाशाखाले मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/ पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने संभावना औल्याउँदै आवश्यब सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

महाशाखाले पछिल्लो विवरणअनुसार आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस रहेको जनाएकोछ । यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान : 

असार २० गते (शनिबार)

रातीः देशभर साधारणतया बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ को धेरै स्थानहरुमा तथा सुदुर पश्चिम र कर्णाली प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २१ गते (आइतबार)

दिउँसोः देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा साधारणतया बदली रही प्रदेश १, प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २२ गते (सोमबार)

दिउँसोः देशभर अधिकांश बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १ र प्रदेश २ कर्णाली प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र वागमति प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ मा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) को समेत सम्भावना रहेको छ। तसर्थ ती प्रदेशहरूमा नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।