बिहिबार, बैशाख ६, २०८१

बाढी पहिरोको कहर: कहिं मृत्यु त कहिं बेपत्तासंगै आवागमनको सडक समेत छत-विक्षत

काठमाडौ असार २६ ,  अविरल वर्षाको कारण धवलागिरी गाउँपालिका९६ मराङ रिखास्थित घण्टीबाङ भन्ने भिरमा बिहीबार राति ढुङ्गा माटो सहितको पहिरो खस्दा सोही ठाउँ बस्ने भिम प्रसाद जुग्जाली सहित २ वटा घर पहिरोले पुरिएडा १० जना हाल बेपत्ता भएको प्रह्रीले जनाएको छ । साथै म्याग्दीका विभिन्न स्थानमा गएको बाढी–पहिरोमा थप २२ जना सम्पर्कविहीन भएको जनाउदै प्रहरीले धौलागिरि, मालिका र मंगला गाउँपालिका लगायतका क्षेत्रको गएको पहिरोका कारण उनिहरु वेपत्ता भएको जनाएके छ ।

त्यस्तै मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका २ सिमखेलास्थित भिमफेदी काठमाडौं सडकखण्डमा अविरल बर्षाको कारण पहिरो आई करिब २० मिटर दुबैतर्फी सडक अवरोध भएको ईलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।

साथै रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । आज विहान आठबिसकोट–३ स्थित रेजेखोलाका तुलबहादुर दमाईको घर पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलबहादुरकी श्रीमती २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै २ जनाको शव घरभित्र पुरिएको अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । घरमै पुरिएकी आठ वर्षीया हिरा दमाइलाई भने घाइते अवस्थामा उद्दार गरिएको छ । तुलबहादुर भने कामको सिलसिलामा घर बाहिर रहेका कारण पहिरोबाट जोगिएको बताएका छन ।

त्यस्तै गरि सिन्धुली, सुनकोसी गाउँपालिका९२ कमेरे फाँट नजिक मरिण लालबन्दी सडकखण्डमा वर्षासँगै झरेको पहिरोले बिपि राजमार्गको दुबैतर्फी सडक बिहीबार रातिदेखि अवरोध भएको जनाउदै प्रहरीले पहिरोले काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा।१० च ७८४७ नम्बरको कार पुरिएपनि कारमा सवार यात्रुहरु सकुशल रहेको जनाउदै घटनास्थलमा प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको जनाएको छ ।

साथै शुक्रवार बिहान पहिरो झर्दा कास्की, पोखरा महानगरपालिका १८ सराङकोटस्थित गोठादी बस्ने ५० वर्षीय टंक बहादुर थापाको लगायत ५ जनाको मृत्यु भएको छ भने २२ वर्षीय पिंकी थापा सहित ८ जना घाइतेलाई उद्धार गरी उपचारको लागि मणिपाल अस्पतालतर्फ उपचारका लागि पडाईएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।