बिहिबार, बैशाख १३, २०८१

बाढी तथा पहिरोका कारण भएको धनजनको क्षतिप्रति पूर्व राजा ज्ञानेन्द्रबाट दुःख व्यक्त

काठमाडौं असार २९, अविरल वर्षाका कारण नेपालका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण भएको धनजनको क्षति प्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि र घाइते घरबहार विहिन भएका नेपाली नागरिकहरुको उद्धारको कामना गर्नु भएको छ ।

त्यस्तै उहाँले आज साँझ जारी गर्नु भएको विज्ञप्तिमा प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको विगतको घटनाक्रमबाट शिक्षा ग्रहण गर्दै वेलैमा सरकारले सजकता अपनाउन सकेको हो भने क्षति न्यूनिकरणलाइ कम गर्न सकिने आशय अभिव्यक्त गर्दै प्रतिकुल मौसमी प्रकृतिका कारण उतपन्न पिडा प्रकोपबाट जनताले सहजता अनुभुत गर्न सकोस भन्ने कामना समेत अभिव्यक्त गर्नु भएको छ ।

त्यस्तै एकातर्फ कोभिड संक्रमणको जोखिम अर्को तर्फ प्राकृति विपदको यस विषम अवस्थामा बाढी र पहिरोबाट बेपत्ता भएका मानिसको याथाशीघ्र खोजी गर्न र घाइतेका उद्धार संगै जोखिम अवस्थामा रहेका मानवीय बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै सबैपक्ष एकजुट भई प्राकृति प्रकोपसँग लड्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।