शुक्रबार, चैत्र १६, २०८०

बाढी-पहिरोको कहर: १९ जिल्ला पूर्णत प्रभावित ,दर्जनौले ज्यान गुमाए

काठमाडौं असार २८ , मनसुन सुरु भएपछि शुरु भएको अविरल वर्षाका कारण देशका १९ जिल्ला बढी जिल्ला प्रभावित हुनुको अलावा ८८ जनाको ज्यान गएको छ भने ३५ जना बेपत्ता रहेका छन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यस्तै बाढी पहिरोका कारण सबैभन्दा धेरै म्याग्दीमा २७, पर्वत र जाजरकोटमा ९/ ९, बझाङ र कास्कीमा ७/७ जना, गुल्मीमा ५, पाल्पा र लमजुङमा ४/४ जना, सिन्धुपाल्चोकमा ३ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै रुकुम पश्चिम र दार्चुलामा २र२ जना, गोरखा, स्याङजा, बाग्लुङ, डोटी, सल्यान, कालिकोट, सुर्खेत, झापा र चितवनमा १/१ जनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।