शनिबार, बैशाख ८, २०८१

बन्दाबन्दी सुरक्षा मापदण्डको फितलो कार्यान्वयन, भयावह संक्रमणको सूचक

सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन कि पुन बन्दाबन्दी आदेशको कडाइका साथ कार्यान्वयन मध्ये एक विकल्पको छनौट आवश्यक

काठमाडौं असार २३ कोभिड १९को जोखिमकबाट नागरिकको जीवन रक्षा गर्न प्रयोजन सहित नेपाल सरकारले मिति २०७६। १२। ०९ को मन्त्रिपरिषदको बैठक मार्फत २०७६। १२। ११ देखि देशैभर बन्दाबन्दी आदेश जारी गरेको आज १०६ औ दिन पुगेको छ ।

तर पछिल्लो समय जारी बन्दाबन्दी आदेशका कारण नागरिकको दैनिकी जनजीवनलाइ सहज बनाउन सार्वजनिक गर्न भन्दै सरकारले सेवा प्रवाह व्यवस्थित गर्न आर्थिक त्रियाकलाप सूचारु गर्न कृषि, उद्योग लगायतका यावत सेवा व्यवसय सञ्चालन गर्न मिति २०७७।२।२८ को मन्त्रिपरिषद बैठक मार्फत जारी बन्दाबन्दी आदेशमा केहि सहजीकरण गर्न ८ बुँदे सुरक्षा सम्बन्धी मापदण्ड समेत जारी गरेको छ । यद्यपी जारी मापदण्डको कार्यान्वयनमा देखिएको फितलो पनका कारण उपत्का लगायत देशैभर दिनानुदिन संक्रमितको सख्या बढ्दो पाईएको छ ।

यसअर्थमा पनि प्रस्तुत मापदण्डको अक्षरस कार्यान्वयन वा पुन बन्दाबन्दीको कडाइका साग लागु गराउनु वाहेक सरकारसंग अर्को विक्लप छैन । त्यसैले समय छैदैम उपत्यका लगायत देशैभर सिर्जना हुन सक्ने संक्रमणको भयावह स्थितीलाइ नियन्त्रणमा राख्न परीक्षण्को दायर बढाउदै जारी लकडाउनलाइ कडाइका साथ कार्यान्वयन गर्न सरकारले किन्चित पनि ढिलाइ गर्न नहुनेमा विज्ञहरुको भनाइ रहेको छ ।

 बन्दाबन्दी आदेशलाइ  व्यवस्थित गर्न जारी  ८ बुँदे सुरक्षा सम्बन्धी मापदण्ड

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।