शुक्रबार, चैत्र १६, २०८०

फेरि ५ दिन भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं साउन १२ ,
जल तथा मौसम विज्ञान विभागले फेरि आगामी ५ दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज जारी गरेको विज्ञप्तिमा अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिनुको अलावा मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन सक्रिय हुने जनाउदै साउन १२ देखि १६ गतेसम्म भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

मनसुन सक्रिय भई देशको अधिकाश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेसंगै नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।