शुक्रबार, चैत्र १६, २०८०

प्रमुख प्रशासकीय अधिकृत उपाध्याय घुसरकम सहित पक्राउ

काठमाडौ साउन १६,
दाङ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा आज साँझ नागढुंगामा उपाध्यायलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उपाध्यायबाट एक लाख ४० हजार नगद र ८ लाख बैंकमा जम्मा गरेको भौचर समेत बरामद गरेको जनाएकोछ । भुक्तानीबापत ठेकेदारसँग प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले सो रकम घुस लिएको रकम लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नागढुंगामा नियन्त्रणमा लिई खानतलासी गरी पक्राउ गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।