शुक्रबार, बैशाख १४, २०८१

नेपाली बजारमा नयाँ रेकर्ड- सुनको भाउ हालसम्मकै उच्च

काठमाडौ साउन ११,
सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य प्रति तोलामा ५०० रुपैयाँले बढेर हालसम्म कै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यसअघि शुक्रबार सुनको प्रति तोला ९५ हजार ८०० मा कारोवार भएको थियो । यस्तै तेजावी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १ हजार एक सय ५५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

महासंघका अनुसार आइतबार तेजाबी सुनको भाउ प्रति तोला ९५ हजार ८६० रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले बढेर प्रति तोला १ हजार १ सय ५५ रुपैया पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।