बिहिबार, बैशाख ६, २०८१

नेता यादवले भने- प्रधानमन्त्री ओलीले राजीनामा नदिए पार्टीले गलहत्याउँछ

प्रम ओलीले नेकपा फुटाईसकेको आरोप

काठमाडौं असार २५, सत्तासिन दल नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवले पार्टीको घोषणा पत्रको आधारमा चुनाव जितेर प्रधानमन्त्री भएपछि पार्टीको निर्णय मान्नु पर्ने बताउँदै उनले पार्टीको निर्णय नमान्ने, बैठक नराख्ने जस्ता कार्य भएपछि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुको विकल्प नभएको जिकिर गरेका छन । नेता यादवले सगरमाथा टेलिभिजनसँगको अन्तर्वार्तामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाइ राजीनामा गर्न सुझाव दिदै आफेनै हठमा बस्ने हो भने ओलीलाई पार्टीले हटाउने चेतावनी दिनु भएको हो ।

सत्तारुढदल नकेपाको गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेसंगै नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु