बुधबार, बैशाख १२, २०८१

देशभर अविरल वर्षाका कारण कहिं बाढीको सन्त्रास त कहिं पहिरोले सडकखण्ड अवरुद्ध

काठमाडौं साउन ५ ,
गएरातीदेखिनै देशभर वर्षा भइरहेको छ । केही ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुख्यगरी प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । भीषण वर्षा हुने स्थानमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत यसअघिनै महाशाखाले अनुरोध छ ।

वर्षाका कारण ससाना देखि ठूला नदिको वहाव बढ्नुको अलावा पहिरो जोखिका तिव्ररहेको जनाउ सहित महाशाखाले यस्तो आग्रह गरेको हो साथै काठमडौं उपत्यकामा समेत निरन्तर वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यसैवीच अविरल वर्षाका कारण नारायणगढ मुग्लिङ सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलो भन्ने स्थान नजिक पहिरो खसेर सडक अवरुद्ध भएको   स्थानीय प्रहरीले जनाएको छ ।

यसैवीच मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै दशैभर भारी वर्षाको सम्भावना औल्याएकोछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ५ गते (सोमबार): दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी  प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ६ गते (मंगलबार): दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

साउन ७ गते (बुधबार): दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।