शुक्रबार, बैशाख ७, २०८१

डा भट्टराईले भने – कमरेडहरुलाई दुई तिहाईको सरकार पचेन

काठमाडौं असार १८  , पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले कमरेडहरूलाई दुई तिहाई नपचेको जिकिर गरेका छन्। नेता भट्टराईले सत्तासिन नेकपा वृतमा देखिएको पछिल्लो राजनीतिक घटना लक्षित हुँदै ट्विटमार्फत कुनैकुनै प्राणीलाई घ्यू पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुई तिहाई करिब बहुमतको सरकार नपचेको जस्तो छ। त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहन र खवरदारी गर्न आग्रह सहित ‘सबै सजग रहौं र खबरदारी गरौं! यत्रो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्१’ भन्ने कटाक्ष गर्नुभएको छ।

नेकपामा जारी स्थायी कमिटीको बैठकका बीच प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएर संसद अधिवेशनको अन्त्य गर्ने निर्णय गरेसँगै डा भट्टराईको यस्तो ट्विट आएको हो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु