मङ्लबार, बैशाख ११, २०८१

घर बाहिर निस्कँदा मास्कको प्रयोग नगरे संक्रामक रोग ऐन २०२० अनुसार पक्राउ गर्न गृहकाे निर्देशन

काठमाडौंं असार २३ , पछिल्लो समय उपत्यकामा कोभिड संक्रमितको सख्या बढ्दो पाइएसंगै संक्रमणको जोखिमबाट बच्न राज्य सरकारले जारी राखेको बन्दाबन्दीको अवस्थामा सडकमा भिडभाड बढ्न थालेपछि गृह मन्त्रालयले घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ ।

बढ्दो जोखिमको अवस्थालाइ दृष्टिगत गर्दै गृह मन्त्रालयले मातहतका प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गराउन यस्तो निर्देशन दिएको हो ।

त्यस्तै मन्त्रालयको निर्देशनमा अत्याआवश्यक काम नपरी घर बाहिर ननिस्कन र निस्कनै परे पनि मास्क नलगाई अटेर गरी जथाभावी रूपमा सडकमा निस्किए पाए पक्राउ गर्न समेत भनेको छ । मन्त्रालयको प्रस्तुत निर्देशन अनुसार यसरी पक्राउ गरेको व्यक्तिलाइ संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।