बिहिबार, चैत्र १५, २०८०

खस आर्यको कोटाकी समानुपातिक सांसद गिरीको सांसद पद रिक्त: संसद सचिवालय

काठमाडौं असार २५ , संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ । संसदका महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमअनुसार नै भएकाले उनको सांसद पद रिक्त भएको सूचना जारी गरको हो ।

यसअघि सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी गराएको थियो ।  खस आर्यको कोटाबाट समानुपातिक तर्फबाट संसद सदस्य रहेको गिरीले  पार्टीको निर्देशन विपरीतका क्रियाकलाप गरेको भन्दै  समाजवादीले सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।