बिहिबार, बैशाख १३, २०८१

कोभिड सङ्क्रमणबाट थप १ को मृत्यु

काठमाडौं असार ३१, कोभिड संक्रमणको बढ्दो जोखिमसंगै आज थप एकको मृत्यु भएसंगे संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा रौतहट परहवा नगरपालिका–७ का ३६ वर्षीय पुरुषको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा रहेको मस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बैङ्गलोरबाट गत असार २४ गते फर्की पारहवाकै आइसोलेशनमा बसेका मृतक पुरुष कोभिड–१९ का कारण मृत्यु भएका आफ्ना दाइको अन्तिम संस्कारका लागि भारतको बैङ्गलौर गएको त्यहाँबाट नेपाल आउने क्रममा आइसोलेशनमा बसेका बेला यही असार २९ गते रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोहीदिन अस्पतालमा भर्ना गर्ने क्रममा स्वास्थ्यमा थप समस्या देखिएपछि आजै भेन्टिलेटरमा उपचारका क्रममा उनको निधन भएको जनाएको छ । मृतकको निधन पछि स्वाव सङ्कलन गरी हेटौँडास्थित प्रयोगशालमा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।