बिहिबार, बैशाख १३, २०८१

कोभिड संक्रमणका कारण एक भारतीय सहित ३ जनाको मृत्यु

काठमाडौं र ललितपुरका ६ जना सहित थप १ सय ३९ जना संक्रमित थपिए,काठमाडौ उपत्यकामा पनि लक्षण सहितका कोभिड संक्रमित बढ्दै 

काठमाडौ साउन १२,

नेपालमा कोभिड संक्रमणबाट पर्सामा एक भारतीय नागरिकसहित ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज निमोमिया, मस्तिस्कघात र मृगौला सम्बन्धि रोगबाट पीडित बाराको फेटा ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा त्यस्तै वीरगञ्जकै मुटु र मधुमेह रोगका विरामी रहेका ६५ वर्षीय भारतीय नागरिकको गण्डक अस्थायी कोभिड अस्पतालमा र धनुषा सहिदनगर ८ का ३६ वर्षीय पुरुषको ११ गते मृत्यु भएसंगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । त्यस्तै आज काठमाडौं र ललितपुरका गरि ६ जना सहित थप १ सय ३९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजै कुल संक्रमितमध्ये ६ सय २६ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या १३ हजार ७ सय ५४ जना पुगेको जनाउदै मन्त्रालयले देशका विभिन्न अस्पतालमा ४ हजार ९ सय ५० जना संक्रमित उपचाररत रहेका र १६ हजार ३ सय ७१ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

यसैवीच पछिल्लो समय काठमाडौ उपत्यकामा पनि लक्षण सहितका कोरोना संक्रमित पनि देखिन थालेका छन् ।लकडाउन खुलेसँगै चहलपहल बढ्दा संक्रमित थपिने क्रम बढेको विज्ञहरुले बताएका छन ।  त्यस्तै लकडाउन हटेसंगै सवारी तथा मानिसको चाप एवम् चहलपहल बढेको र यसअघि फाट्टफुट्ट संक्रमण देखिँदै आएकोमा पछिल्लो समय संक्रमितको सख्या दिनहुँ जस्तो बढ्दै गएको जिकिर गर्दै ती विज्ञहरुले भने समयमानै सचेत हुन नसके सिथती भयावह हुन सक्छ । त्यस अर्थमा पनि वेलैमा सचेत हुनुको विकल्प  नभएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।