शुक्रबार, चैत्र १६, २०८०

कोभिड जोखिमकावीच साउनको पहिलो सोमबारी व्रत घरघरबाटै भगवान शिवको पूजा अर्चना गरि मनाइदै

[फाइल फोटो]

काठमाडौ साउन ५ ,

आज साउन महिनाको पहिलो सोमबार । नेपाली हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दैछन् । विगतका वर्षमा शिवको पूजा आराधना गर्न र जल चढाउन देशभरिका शिव मन्दिरमा महिलाहरुको घुईचो हुन्थ्यो । तर यसपटक कोभिड संक्रमणको जोखिमका कारण जारी बन्दाबन्दीले गर्दा पशुपतिनाथ मठमन्दिर सहित अन्य शिव मन्दिर पनि बन्द र सुनसान रहेका छन । यसवीचमा हुने भक्तजनको चहलपहल निकै कम रहेको छ ।  सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार भए पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।

उहाँले कोभिडको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गर्नुभएको छ । पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान कोषले सम्वद्ध सवैमा आग्रह गरेको छ ।

यसैवीच एकाघ टोल छिमेका रहेका शिवमन्दिर वाहेक अन्य मन्दिर बन्द भएकै कारण अधिकांश दर्शनार्थीले घरघरबाटै भगवान शिवको पूजा अर्चना सहित साउने सोमववा मनाउदैछन ।

त्यस्तै आजबाट नेपाली हिन्दू महिलाहरुले आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास सहित साउने सोमवारमा ब्रत बस्नुका साथै महिनाभरी शिवको आराधना गर्ने गर्छन् । यस क्रममा उनीहरुले हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । स्मरण रहोस हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।