बिहिबार, बैशाख ६, २०८१

काठमाडौंमा ५ र ललितपुरमा १ सहित थप ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो समय उपत्यकामा मात्र ३४७ कोभिड सङ्क्रमित

काठमाडौं असार २८, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकको विभिन्न २५ प्रयोगशालामा गरिएका ३ हजार ९१६ नमूना परीक्षणको क्रममा काठमाडौंमा ५ र ललितपुरमा १ सहित ८२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएकोछ ।  मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आज पहिचान भएक कोभिड सङ्क्रमितसंगै संक्रमितको सङ्ख्या १६ हजार ८०१ पुगेको जानकारी दिनभएको छ ।

त्यस्तै मन्त्रालयले देशभरका क्वारेन्टिनमा हाल २३ हजार ७८४ र आइसोलेशनमा रहेका कोभिड सङ्क्रमितको सङ्ख्या ८ हजार १७४ रहेको जानकारीसंगै पछिल्लो २४ घण्टामा कोभिड १४७ संक्रमित सङ्क्रमणमुक्त भई घर फर्केसंगै डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ५८९ रहेको जनाएके छ । त्यस्तै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ ।

यसैवीच इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले पछिल्लोसमय उपत्यकामा ३४७ कोभिड सङ्क्रमित रहेको जानकारी दिदै उपत्यकमा संक्रमितको सख्या बढेसंगै   बैंक, मालपोत कार्यालय, कर कार्यालय, स्वास्थ्य केन्द्रलगायत स्थलबाट नमूना संकल गरि परीक्षण गर्ने योजना अघि सारको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।