शनिबार, बैशाख ८, २०८१

काठमाडौंका ८ जना सहित १ सय ३० जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं साउन ११,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ३ सय जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं ८ जना सहित १ सय ३० जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७५ जना संक्रमित निको भएर घर फर्केसंगै उपचार पछि डिस्चार्ज हुनेका सख्या १३ हजार १ सय २८ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले ७७ जिल्ला मध्ये पाँचथर, भोजपुर, रसुवा, संखुवासभा, मनाङ र मुस्ताङ गरी ६ जिल्ला संक्रमण मुक्त भएको जानकारी दिदै संक्रमणबाट निधन हुँनेका सख्या ४५ पुगेको त्यस्तै ५ हजार ४ सय ४० जना आइसोलेसनमा र १७ हजार ९ सय ३ जना क्वारेन्टिनमा रहेको जानकारी दिएको छ ।

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.11

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.11#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Sonntag, 26. Juli 2020

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।