शुक्रबार, चैत्र १६, २०८०

काठमाडौंका ७ सहित थप ११६ मा कोभिड सङ्क्रमण , ६९७ जना डिस्चार्ज

काठमाडौं असार ३१, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ११६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २६ वटा प्रयोगशालामा ५ हजार ९० जनाको पीसीआर परीक्षणका क्रममा   काठमाडौका ७ सहित उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको बताउनुभयो ।

प्रादेशिक विवरण अनुसार प्रदेश नं १ मा ३ , प्रदेश नंं २ मा २४, वाग्मतीमा १८, गण्डकीमा २७, प्रदेश नंं ५ मा एक, कर्णालीमा ४० र सुदूरपश्चिम प्रदेशमा ३ जना संक्रमित रहेको प्रवक्ता डा गौतमले बताए ।त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई ६९७ डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५ पुगको  र २४ हजार ५२७ जना क्वारेन्टिनमा त्यस्तै ६ हजार ११३ जना आइसोलेशनमा रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।