शनिबार, बैशाख ८, २०८१

काठमाडौंका २ जना सहित  ११६ जना संक्रमित थपिए, १० हजार ३२८ जना उपचारपछि डिस्चार्ज

काठमाडौं असार ३० , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३६१ वटा पिसीआर परीक्षणमा काठमाडौंका २ जना सहित  ११६ जना संक्रमित थपिएका जनाउदै आज थपिएका संक्रमित संगै नेपालमा कोभिड संक्रमितको संख्या १७ हजार ६५ जना पुगेको जनाएको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो अपडेट अनुसार देशभर २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेको र ६ हजार ६९५ जना आइसोलेसनमा  रहेको जनाएको छ ।त्यस्तै  संक्रमित मध्ये आज उपचार पछि ३४ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ जना पुगेको जानकारी दिदै संक्रमणका कारण ३८ जनाको मृत्यू भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।