बिहिबार, बैशाख १३, २०८१

कांग्रेसका पूर्व मन्त्रीद्दय जोशी र ओझा सहित डडेलधुरा कांग्रेसका नेता विष्ट पार्टीबाट निस्कासित

काठमाडौं साउन १०,

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्दम्बे नेतृत्वको अनुशासन समितिले ।जोशीलाइ निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिदै अनुशान तोडेको भन्दै पूर्वमन्त्री समेत रहेका जोशीलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै कांग्रेस पार्टी सभापति सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको भन्दै कैलालीका महासमिति सदस्य समेत रहेका ओझालाई पनि ५ वर्ष र डडेलधुरा कांग्रेसका नेता रामबहादुर विष्टलाई ३ वर्षका लागि निष्कासन गरिएको छ ।

अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएसंगै पार्टीको अनुशासन उंल्लंघन गरेको पाइएकाले पार्टीबाट निष्कासन गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।  काँग्रेस अनुशासन समितिका संयोजकमा भीष्मराज आङ्दम्बे र सदस्यहरुमा क्रमस उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।