शनिबार, बैशाख ८, २०८१

उपत्यका भित्र ४ र वाहिरका २ निजी प्रयोगशाला लाइ कोभिड–१९ परीक्षण गर्ने अनुमति

काठमाडौं असार २९ ,  कोभिड- १९को  बढ्दो जोखिम संगै सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ ।
पिसिआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका १९ प्रयोगशालामध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको हो ।

प्राप्त जानकारी अनुसार अनुमति प्रदान गरिएका प्रयोगशालामा क्रमस काठमाडौं स्थित उपत्यका भित्र स्टार अस्पताल मेडिकल कलेज काठमाडौ, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी काठमाडौ र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् भने उपत्यकाका बाहिर नेशनल प्याथल्याब बुटवल र वागेश्वरी प्रयोगशाला कोहलपुर बाँके रहेको बुझिएको छ ।

त्यस्तै मन्त्रालय सम्वद्ध स्रोतका अनुसार पहिलो चरणमा मापदण्ड पुगेका छ वटा प्रयोगशालालाई परीक्षण गर्न दिएको बाँकीको पनि तोकिएको मापदण्ड पूरा भएको अवस्थामा थप अनुमति दिइने जनाएके छ । साथै अनुमति प्राप्त गरेको प्रयोगशालाले आफैँ नमूना सङ्कलन गर्ने नभई मन्त्रालयले उपलब्ध गराएको नमूना परीक्षण गर्ने र यसरी परीक्षण गरेबापत ती प्रयोशगालाले एक नमूना परीक्षण गरेवापट रु पाँच हजार ५०० शुल्क लिन पाउने जनाएको छ ।

पछिल्लो समय मुलुकभरि २५ वटा प्रयोगशालाबाट पिसिआर प्रविधिबाट परीक्षण हुँदै आएको छ । साथै सरकारले प्रत्येक प्रदेशमा सरकारी प्रयोगशालाको समेत पहिचान गर्दै सो सम्बन्धी व्यवस्था समेत कार्यान्वयन उक्त प्रयोगशालामा पाँच हजार ५०० रुपैयाँ शुल्कमा पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था समेत मिलाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।