बुधबार, बैशाख १२, २०८१

उपत्यकामा ९ सहित १सय ५० जना नयाँ संक्रमितको पहिचान

काठमाडौं साउन ६
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो समय ३ हजार ९ सय ६३ वटा पिसिआर परिक्षणको क्रमममा १सय ५० जना नयाँ संक्रमितको पहिचान भएसंगै कोभिड संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको जनाएको छ । साथै आज पहिचान भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा थप ९ जना समेत रहेको र यसमध्ये काठमाडौंका ८ जना र ललितपुरमा १ जना संक्रमित रहेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वोर गौतमका अनुसार आज ६ सय ९ जना संक्रमित कोभिड मुक्त भई घर फर्केसंगै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ४ सय ७७ पुगेको बताउनुभयो । साथै उहाँले नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएको छ भने देशभर २१ हजार ७ सय ४ जना क्वारेन्टिनमा रहेको जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले आगामी भाद्र १ गतेदेखि कोभिड कहरका कारण जारी बन्दाबन्दीले बन्द भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने सरकारको निर्णय गरेपनि ।अत्यावश्यक वाहेक अनावश्यक यात्रा नगर्न आग्रह गर्दै यसवीचमा यात्रा गर्नेपरेको अवस्थामा स्वास्थ्य सम्बन्धी सम्पूर्ण नियमहरु पालना गर्न र गराउन एयरलाइन्सहरुलाई आग्रह गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।